ट्रम्पसँगको चर्को विवादपछि बेलायत पुगे जेलेन्स्की

स्टारमरसँग भने- तपाईंजस्तो साथी पाएकोमा खुसी छु

नेपालभ्युज

ट्रम्पसँगको चर्को विवादपछि बेलायत पुगे जेलेन्स्की

काठमाडौं । रुस–युक्रेन युद्धलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको चर्को विवादपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की बेलायत पुगेका छन् । त्यहाँ उनले बेलायतको समर्थन पाएको बीबीसीको समाचारमा उल्लेख छ ।

टेन डाउनिङ स्ट्रिटमा भएको बैठकमा बेलायती प्रधानमन्त्री केयर स्टारमरले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई ‘बेलायतको पूर्ण समर्थन’ रहेको बताएका हुन् ।

बेलायत आइपुगेपछि, जेलेन्स्कीले स्टारमरलाई बेलायतजस्तो साथी पाएकोमा खुसी लागेको बताएका छन् । ‘हाम्रो देशले बेलायतजस्ता साथी पाएको छ, यसमा खुसी छु,’ उनले भने ।

जेलेन्स्कीले रुससँगकाे युद्धमा आफ्नो साथ दिएकोमा बेलायतलाई धन्यवाद पनि दिए ।

यसअघि, जेलेन्स्कीले अमेरिकी राष्ट्रपति ट्रम्पसँग ह्वाइट हाउसमा भेटेका थिए र दुई नेताहरूबीचको कुराकानी चर्को बहसमा परिणत भएको थियो ।

यसैबीच जेलेन्स्की र स्टारमरले युक्रेनी सैन्य आपूर्तिको लागि २.२६ अर्ब पाउन्ड ऋणमा पनि हस्ताक्षर गरे । जुन हाल फ्रिज गरिएका रुसी सम्पत्तिहरूबाट प्राप्त नाफा प्रयोग गरेर फिर्ता गरिने छ ।

स्टारमरले आइतबार युरोपेली नेताहरूको शिखर सम्मेलनको आयोजना गर्नेछन् । जहाँ रुस–युक्रेन युद्ध अन्त्य गर्ने प्रयासका साथै युरोपेली सुरक्षाको बारेमा गहन छलफल गरिने छ ।

जेलेन्स्कीले बेलायतका राजा चाल्र्स तृतीयलाई पनि भेट्ने कार्यक्रम छ ।

जेलेन्स्की र ट्रम्पबीच चर्काचर्की भएपछि के भन्छन् युरोपेली नेता ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved