जेलेन्स्कीलाई तानाशाह भन्ने ट्रम्पले गरे प्रशंसा

नेपालभ्युज

जेलेन्स्कीलाई तानाशाह भन्ने ट्रम्पले गरे प्रशंसा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा हुने वार्ताको पूर्वसन्ध्यामा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीप्रति आफ्नो “धेरै सम्मान” रहेको बताएका छन्। 

बीबीसीले उनलाई हालै जेलेन्स्कीलाई ‘तानाशाह’ भनेकोमा माफी माग्नुहुन्छ भनेर प्रश्न गरेको थियो । यसबारे ट्रम्पले भने, “त्यसो भनेकामा उनलाई विश्वास नै लाग्दैन ।”

उनले जेलेन्स्कीलाई ‘धेरै साहसी व्यक्ति’ भनेर वर्णन गरे ।

युक्रेन र रुसबीचको युद्ध अन्त्य गर्ने बारेमा बेलायती प्रधानमन्त्री केयर स्टारमरसँगको वार्तापछि ट्रम्पले यसो बताएका हुन् ।

ट्रम्पले शुक्रबार जेलेन्स्कीसँगको भेट धेरै राम्रो हुने आशा व्यक्त गरे । उनले युक्रेन र रुसबीच शान्ति स्थापनाको प्रयास तीव्र गतिमा अगाडि बढिरहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved