काठमाडौं विश्वविद्यालयका लागि उपकुलपति चाँडो चयन गर्न आठ आवेदकको माग

नेपालभ्युज

काठमाडौं विश्वविद्यालयका लागि उपकुलपति चाँडो चयन गर्न आठ आवेदकको माग

काठमाडौं । काठमाडौं विश्वविद्यालयका लागि उपकुलपति चयन गर्न आठ आवेदकले कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् ।

उपकुलपति खोज तथा सिफारिस समिति बनेको दुई साता बितिसक्दा पनि अहिलेसम्म कुनै प्रगति नभएको उनीहरुको भनाइ छ ।

ध्यानाकर्षण पत्रमा भनिएको छ, “उक्त विषयमा काठमाडौं विश्वविद्यालयमा रिक्त उपकुलपतिको चयनका लागि करिब अढाई महिना अघि यहाँको अध्यक्षतामा बसेको विश्वविद्यालय सभाको निर्णयअनुसार गठित उपकुलपति खोज तथा सिफारिस समितिले आफैले बनाएको कार्यविधिअनुरुप छनोटका सबै प्रक्रिया पूरा गरेको दुई हप्ता भइसक्दा पनि अझै विश्वविद्यालयले उपकुलपति पाउन सकेको छैन ।”

उच्च शिक्षाको एक खम्बाको रुपमा रहेर विदेशी विद्यार्थीसमेत आर्कषण गरिरहेकोले विश्वविद्यालयको गरिमालाई थप धुमिल हुन नदिन उनीहरुले माग गरेका छन् ।

“…माथी उल्लेखित पछिल्ला गतिविधि र अभिव्यक्तिले सिफारिस समितिका संयोजकलाई उहाँकै समितिले बनाएको विधि र प्रक्रियाको आधारमा तय भएका नामलाई सिफारिस गरि संयोंजकीय भुमिकामा रहन सम्झाउनु पर्ने अवस्था आएको र उहाँ आफैले पनि सिफारिस सहजिकरणकालागि कुलपतिज्यूको भुमिका मिडिया मार्फत खोजेकाले यो प्रक्रियालाई छिटो टुङ्गयाउन आवश्यक सहजिकरणकालागि हामी पुनः अनुरोध गर्दछौं ।” पत्रमा उल्लेख छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved