काठमाडौं । जर्मनीमा भएको आम चुनावमा, कन्जरभेटिभ (रुढिवादी) पार्टी क्रिस्टियन डेमोक्रेटिक युनियन (सीडीयू) देशको संसदमा सबैभन्दा ठूलो दल बनेको छ । हालै भएको निर्वाचनमा यो पार्टीले सबैभन्दा धेरै २८.६ प्रतिशत मत पाएको हो ।
सीडीयू/सीएसयू पार्टीका नेता फ्रेडरिक मेट्र्जले जितप्रति आफू उत्साहित भएको बताएका छन् । ‘हामी अहिले उत्सव मनाइरहेका छौं, तर भोलि काम गर्नेछौं ।’
चुनावी नतिजामा अल्टरनेटिभ फर जर्मनी पार्टी (एएफडी) दोस्रो र सोसल डेमोक्रेटिक पार्टी तेस्रो स्थानमा झरेका छन् ।
जर्मनीको चुनावी नतिजालाई लिएर युरोपेली नेताहरूबाट पनि प्रतिक्रिया आउन थालेको छ ।
बेलायती प्रधानमन्त्री केयर स्टारमरले आफू जर्मनीसँग काम गर्न इच्छुक रहेको बताएका छन् । ‘म नयाँ जर्मन सरकारसँग नजिकबाट काम गर्न र हाम्रा दुई देशहरू बीचको पहिले नै बलियो सम्बन्धलाई अझ बलियो बनाउन तयार छु, उनले भने ।
उनले बेलायत र जर्मनीले दुवै देशको सुरक्षा र विकासका लागि मिलेर काम गर्ने बताएका छन् ।
यसैबीच, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले कन्जरभेटिभ पार्टीका नेता फ्रेडरिक मेट्र्जलाई बधाई दिएका छन् । दुवैले बलियो युरोपका लागि मिलेर काम गर्ने पनि उनले बताएका छन् ।
Facebook Comment
Comment