काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई चुनाव बिनाको तानाशाह भनेपछि युरोपेली देशका नेताहरूले प्रतिक्रिया जनाएका छन् ।
जर्मन चान्सलर ओलाफ स्कोल्जले यो पूर्णतया गलत र राष्ट्रपति जेलेन्स्कीको लोकतान्त्रिक वैधताको लागि खतरनाक भएको बताए ।
सोही समयमा बेलायती प्रधानमन्त्री केयर स्टारमरले जेलेन्स्कीसँग फोनमा कुरा गरेका छन् । साथै, आफू साथमा रहेको आश्वासन दिएका छन् ।
स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टरसनले पनि ट्रम्पले भोलोडिमिर जेलेन्स्कीलाई तानाशाह भनेकोमा निन्दा गरे ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले भनेको छ, “ट्रम्पले जेलेन्स्कीलाई उनको गलत जानकारी दिएको बयानको लागि तानाशाह भनेका छन् ।”
ट्रम्पले पहिले जेलेन्स्कीको लोकप्रियता केवल चार प्रतिशतमा झरेको दाबी गरेका थिए ।
यद्यपि, बीबीसी भेरिफाइको रिपोर्टले ५७ प्रतिशत युक्रेनीहरूले अझै पनि राष्ट्रपति जेलेन्स्कीलाई विश्वास गर्ने खुलासा गरेको छ ।
यसमा जेलेन्स्कीले रुसले युक्रेनको बारेमा धेरै गलत जानकारी फैलाइरहेको आरोप लगाएका थिए । उनले भने, “मलाई राष्ट्रपति ट्रम्पप्रति धेरै सम्मान छ, तर म भन्छु कि उनी गलत सूचनाको दुनियाँमा छन् ।”
राष्ट्रपतिको रूपमा जेलेन्स्कीको कार्यकाल मे २०२४ मा समाप्त हुने थियो, तर फेब्रुअरी २०२२ मा रूसको आक्रमणदेखि युक्रेनमा मार्शल ल लागू छ र यसका कारण चुनाव हुन सकेको छैन ।
Facebook Comment
Comment