तनहुँबाट तीन थान भरुवा बन्दुकसहित दुईजना पक्राउ

नेपालभ्युज

तनहुँबाट तीन थान भरुवा बन्दुकसहित दुईजना पक्राउ

दमौली । तनहुँको देवघाट गाउँपालिका–४ मा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।

स्थानीय ६१ वर्षीय शङ्खवीर गुरुङ र ६८ वर्षीय कृष्णबहादुर गुरुङ पक्राउ परेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीको नेतृत्वमा ग्रामीण भेगमा गस्ती गर्ने क्रममा दुई जनालाई छुट्टाछुट्टै स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले शङ्खवीरको घरबाट लुकाइछिपाइ राखिएको एक थान एकनाले बन्दुक, एक थान बन्दुकको चापघोडा नभएको बन्दुक र कृष्णबहादुरको घरबाट एक थान एकनाले बन्दुक बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved