केआईआईटी प्रकरणमा भारतीय दूतावासले गर्‍यो दुःख व्यक्त

नेपालभ्युज

केआईआईटी प्रकरणमा भारतीय दूतावासले गर्‍यो दुःख व्यक्त

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले  ओडिशाको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको नेपाली विद्यार्थी प्रकृती लम्सालको  मृत्युको  खबरले  स्तब्ध बनेको जनाएको  छ। दूतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै मृतक विद्यार्थीको परिवारप्रति गहिरो समवेदनासमेत प्रकट गरेको छ।

दूतावासले केआईआईटीका अधिकारीहरू र ओडिशा राज्य सरकारसँग सम्पर्कमा रहेको जनाएको छ। स्थानीय अधिकारीहरूले यस दुर्भाग्यपूर्ण घटनाको अनुसन्धान सुरु गरिसकेको दूतावासलाई विज्ञप्तिमा जनाएको छ ।

विज्ञप्तिमा केआईआईटीले नेपाली विद्यार्थीहरूलाई क्याम्पसमा फर्कन, आफ्नो कक्षा पुनः सुरु गर्न र छात्रावासमा बस्न अपील गरेको र विद्यार्थीहरूलाई शैक्षिक रुपमा परेको क्षतिको पनि जिम्मेवारी लिने आश्वासन दिएको उल्लेख छ ।

भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरू दुई देशबीचको स्थायी जनस्तर सम्बन्धका महत्त्वपूर्ण पक्ष भएको दूतावासले उल्लेख गरेको छ। विज्ञप्तिमा भारत सरकारले भारतमा नेपाली विद्यार्थीहरूको हकहित सुनिश्चित गर्न सबै आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको पनि जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved