नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड : मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो

नेपालभ्युज

नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड : मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो

काठमाडौं । भारतको राजधानी नयाँ दिल्ली रेलवे स्टेसनमा हुँदा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ ।

घाइते भएका तीन जनाको मृत्यु भएसँगै मृतकको सङ्ख्या १८ पुगेको हो ।

शनिबार राति भएको भागदौडमा १८ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूमा समाचार छ ।

रेल चढ्ने क्रममा भीड बढेपछि भागदौड मच्चिएको बताइएको छ ।

यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भागदौडमा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

साथै, रक्षामन्त्री राजनाथ सिंहले पनि दुर्घटनामा मृत्यु भएकाहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved