पर्याप्त निद्रा नहुँदा मस्तिष्कले आफैँलाई खान थाल्छ !

नेपालभ्युज

पर्याप्त निद्रा नहुँदा मस्तिष्कले आफैँलाई खान थाल्छ !

काठमाडौं एक अध्ययनले देखाएको छ कि निद्रा अपर्याप्त हुँदा मानव मस्तिष्कले आफैँलाई खाने प्रक्रिया बढाउँछ ।

मार्स पोलिक्लिनिक युनिभर्सिटी इन इटालीमा गरिएको अध्ययनले यो कुरा पत्ता लगाएको हो । यो परीक्षण मुसामा गरिएको थियो । जसमा एक समूहको मुसालाई पर्याप्त निद्रा लिन दिइएको थियो भने अर्को समूहको मुसालाई ५ दिनसम्म निद्राबाट वञ्चित गरिएको थियो ।

पर्याप्त निद्रा पाएका मुसाहरूको मस्तिष्क स्वस्थ थियो भने निद्रा नपाएका मुसाको मस्तिष्कका राम्रा कोषमा क्षति भएको थियो ।

विशेषज्ञकाअनुसार निद्राको कमीले मस्तिष्कको “सेल्फ–क्लिनिङ” प्रक्रियालाई असर गर्छ । यो प्रक्रियालाई “अटोफेजी” भनिन्छ, जसमा मस्तिष्कले आफ्ना पुराना, क्षतिग्रस्त र काम नलाग्ने कोष हटाउँछ । तर, निद्राको अभावमा यो प्रक्रिया अत्यधिक बढेर मस्तिष्कले स्वस्थ कोष नै नष्ट गर्न थाल्छ ।

यसले अल्जाइमर र पार्किन्सन्स जस्ता मस्तिष्क सम्बन्धी रोगको जोखिम बढाउँछ । त्यसैले विशेषज्ञले प्रत्येक व्यक्तिले दिनमा ७–८ घण्टा निद्रा लिनुपर्ने बताउँछन् ।

निद्राको अभावले शारीरिक मात्रै हैन मानसिक र मस्तिष्कको दीर्घकालीन स्वास्थ्यमा पनि गम्भीर प्रभाव पार्छ भन्ने यसले देखाएको छ ।

निद्रा अपर्याप्त हुँदा मस्तिष्कको कार्यक्षमता घट्छ । चिन्ता, डिप्रेसन, र मुड स्विङ जस्ता मानसिक समस्याहरू बढाउँछ । एकाग्रता, स्मरण शक्ति, र निर्णय क्षमतामा कमी आउँछ ।

त्यसबाहेक रोग प्रतिरोधक क्षमता कमजोर हुन्छ । निद्राको अभावले इम्युन सिस्टमलाई कमजोर बनाउँछ, जसले चिसो लाग्ने, मौसमी फ्लु र अन्य सङ्क्रमणको जोखिम बढाउँछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved