रुपन्देही र दाङमा बालिका बलात्कार : तीनजना पक्राउ

नेपालभ्युज

रुपन्देही र दाङमा बालिका बलात्कार : तीनजना पक्राउ

काठमाडौं । रुपन्देही र दाङमा बालिका बलात्कारका छुट्टाछुट्टै घटनामा तीनजना पक्राउ परेका छन् ।

रुपन्देहीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा देवदह नगरपालिका–३ गौरी टोल बस्ने २८ वर्षीय अजय थापा र ३५ वर्षीय गोविन्द थापा रहेको रुपन्देही प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अजय र गोविन्दले ती बालिकालाई गत मङ्गलबार राति जबरजस्ती करणी गरेको उजरी परेको थियो । सोही उजुरीका आधारमा प्रहरी चौकी खैरेनीबाट खटिएको टोलीले उनीहरूलाई बिहीबार पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

यस्तै दाङमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

जिल्लाको शान्तिनगर गाउँपालिका–४ जुम्लेकुला बस्ने २२ वर्षीय चन्द्रप्रसाद नाथलाई प्रहरीले बिहीबार नै पक्राउ गरेको हो ।

ती बालिकालाई चन्द्रप्रसादले सोही गाउँपालिका–४ स्थित बगब्डवामा पर्ने रानीवनको जंगलमा लगेर जबरजस्ती करणी गरेको उजुरी परेको थियो ।

सोही आधारमा उनलाई प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको टोलीले बिहीबार दिउँसो पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान प्रक्रिया भइरहेको दाङ प्रहरीले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved