काठमाडौंबाट लागुऔषधसहित दुईजना पक्राउ

नेपालभ्युज

काठमाडौंबाट लागुऔषधसहित दुईजना पक्राउ
सांकेतिक तस्वीर

काठमाडौं । सशस्त्र प्रहरी बलले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ स्थित नयाँ बस्तीबाट शुक्रबार ‘पोलाइन्ड’ नामक लागुऔषध जस्तो पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

एपीएफ इन्टेलिजेन्स ब्युरोको सूचनाका आधारमा स्थानीय एक होटलबाट प्लास्टिकमा प्याक गरिएको अवस्थामा पाँच किलोग्राम पोलाइन्डसहित उनीहरूलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

अनुसन्धानकै क्रममा रहेकाले सशस्त्र प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन । प्रहरीले उनीहरूले प्रयोग गरेको स्कूटर र मोटरसाइकलसमेत बरामद गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved