सामाजिक सञ्जाल विधेयकविरुद्ध माइतीघरमा नेविसङ्घको प्रदर्शन (तस्वीरहरू)

सामाजिक सञ्जाल विधेयकविरुद्ध माइतीघरमा नेविसङ्घको प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । सरकारले राष्ट्रिय सभामा दर्ता गरेको सामाजिक सञ्जालसम्बन्धी विधेयकविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ ।

सत्तारुढ दल नेपाली काङ्ग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले प्रदर्शन गरेको हो ।

विद्यार्थीहरूले अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गर्ने गरी विधेयकमा राखिएका प्रावधानहरूको विरोध गर्दै संशोधनको माग गरेका छन् ।

उनीहरूले सामाजिक सञ्जाल प्रयोगकर्तालाई अनिवार्य रूपमा पहिचान दर्ता गर्नुपर्ने, सरकारलाई अनुगमनको व्यापक अधिकार दिने र अस्पष्ट कानुनी परिभाषाका कारण कलात्मक र सृजनात्मक अभिव्यक्ति प्रभावित हुने प्रावधानप्रति असन्तुष्टि जनाएका छन् ।

हेरौँ, तस्वीरहरु –

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved