नारायणी नदीमा हाम फालेकी महिलाको सकुशल उद्धार

नेपालभ्युज

नारायणी नदीमा हाम फालेकी महिलाको सकुशल उद्धार

नवलपरासी । पूर्वी नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित नारायणी नदीमा हाम फालेकी महिलाको सकुशल उद्धार गरिएको छ ।

मंगलबार नदीमा हाम फालेकी ३५ वर्षीय अनिता हरिजनको सशस्त्र प्रहरी बलले उद्धार गरेको हो । उनले त्रिवेणी ब्यारेजबाट नारायणी नदीमा हाम फालेकी थिइन् ।

सो घटनाबारे जानकारी पाउनासाथ बिओपी विनयी त्रिवेणीबाट सशस्त्र प्रहरी निरीक्षक गणेश थापाको कमान्डमा खटिएको सुरक्षा फौजले उनलाई सकुशल उद्धार गरेको हो । उद्धारपश्चात् उनलाई उपचारको लागि त्रिवेणी स्वास्थ्य चौकीमा लगिएको जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved