कैलालीमा किशोरीमाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

नेपालभ्युज

काठमाडौं । कैलालीमा १३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–३ का ४४ वर्षीय गोपाल विक र २ नम्बर वडाका १६ वर्षीय किशोर छन् ।

बर्दगोरिया-२ की ती १३ वर्षीया किशोरीमाथि गत शनिबार बेलुकी उनीहरुले जबरजस्ती करणी गरेको आरोप छ ।

मासु पकाएर ल्याउन लगाएर ललाइफकाइ जबरजस्ती करणी गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कबिन्द्रसिंह बोहराले जानकारी दिए ।

उनकाअनुसार विकले किशोरीलाई शनिबार बेलुका मासु पकाएर ल्याइदिनू भनेका थिए । पकाएको मासु पुर्‍याउन गएको बेला विक र अर्का किशोरले उनलाई ललाइफकाइ कोठामा लगेर जबरजस्ती करणी गरेको आरोप छ ।

आइतबार पीडित किशोरीकी दिदीले घटनाबारे प्रहरीलाई खबर गरेकी थिइन् । आरोपित दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved