अध्यादेशबारे जसपा नेपाल अझै अनिर्णित, भोली निर्णय लिने

नेपालभ्युज

अध्यादेशबारे जसपा नेपाल अझै अनिर्णित, भोली निर्णय लिने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले संसदमा प्रस्तुत अध्यादेशका सम्बन्धमा अझै निर्णय लिएको छैन ।

जसपा अध्यादेशको पक्ष वा विपक्षमा उभिनेबारेमा औपचारिक रुपमा कुनै निर्णय नभएको पार्टी प्रवक्ता मनिष झाले सामाजिक संजालमार्फत जानकारी दिएका छन् । उनले सबै कुरा छलफलको क्रममा रहेको बताएका छन् ।

झाका अनुसार अध्यादेश अध्ययन कार्यदलले बिहीबार  प्रतिवेदन बुझाएपछि ११ बजे बस्ने संसदीय दलको बैठकले यसबारे औपचारिक निर्णय लिनेछ ।

उनले आलोचनात्मक समर्थनसहित जसपा नेपाल अध्यादेशको पक्षमा उभिने’ शीर्षकमा केही मिडिया र सामाजिक सञ्जालमा आएका समाचार तथ्यहीन र भ्रामक भएको स्पष्ट पार्दे फेसबुकमा लेखेका छन्, ‘जसपा नेपाल यस्ता भ्रमपूर्ण समाचारको खण्डन गर्दछ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved