गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन सुरु

नेपालभ्युज

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन सुरु

गण्डकी । गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन सोमबारदेखि सुरु भएको छ ।

बैठकको सुरुमा सभामुख कृष्णप्रसाद धितालले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त प्रदेशसभाको बैठक आह्वानसम्बन्धी पत्र पढेर सुनाएका थिए ।

बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश निजामती सेवा ऐन २०७९ संशोधन गर्न बनेको अध्यादेश प्रदेशसभा समक्ष पेस गरेका थिए ।

यस्तै, बैठकले प्रदेशसभा सदस्य विमला गौचनको निधनमा शोक प्रस्ताव पारित गरेको छ । अर्को बैठक माघ ३० गते दिनको १ बजे बस्ने सभामुख धितालले जानकारी गराए । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved