साविक विजेता म्यानचेस्टर सिटीको पोस्टमा आर्सनलका झण्डै आधा दर्जन गोल

नेपालभ्युज

साविक विजेता म्यानचेस्टर सिटीको पोस्टमा आर्सनलका झण्डै आधा दर्जन गोल

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलको साविक विजेता म्यानचेस्टर सिटीको पोस्टमा आर्सनलले झण्डै आधा दर्जन गोल ठोकेको छ ।

आइतबार राति घरेलु मैदान इमिरेट्स रङ्गशालामा भएको खेलमा आर्सनलले सिटीमाथि ५–१ गोलअन्तरको सानदार जित हासिल गरेको हो ।

इमिरेट्स रंगशालामा घरेलु टोलीलाई जित दिलाउन कप्तान मार्टिन ओडिगार्ड, थोमस पेर्टी, मायल्स लुइस–स्केली, काई हाभर्टज र इथान एन्वानेरीले गोल गरे । सिटीका लागि एर्लिङ हालान्डले सान्त्वना गोल फर्काए ।

खेलको दोस्रो मिनेटमै ओडिगार्डको गोलमार्फत आर्सनलले अग्रता लिएको थियो । ५५औं मिनेटमा हालान्डले सिटीका लागि बराबरी गोल फर्काए ।

त्यसको एक मिनेटपछि नै पेर्टीले गोल गर्दा आर्सनल २–१ ले अगाडि बढ्यो । त्यसपछि स्केलीले ६२ र हाभर्टजले ७६औं मिनेटमा गोल थपे ।

यसपछि इन्जुरी समयमा एन्वानेरीले गोल गर्दै आर्सनललाई ५–१ को सहज जित दिलाए ।

आइतबारै सम्पन्न अन्य खेलमा टोटनहम हटस्परले ब्रेन्टफोर्ड तथा क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडलाई समान २–० ले पराजित गरे ।

लिगका पछिल्ला १४ खेलमा अपराजित आर्सनलले २४ खेलबाट ५० अङ्क जोडेको छ । पराजित सिटी समान खेलबाट ४१ अङ्कसहित चौथो स्थानमा छ ।

लिगको शीर्ष स्थानमा लिभरपुल र तेस्रोमा नथिङ्गम फरेस्ट छन् ।

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी र रियल मड्रिडमध्ये को जाला अन्तिम १६ मा ?

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved