बागमती प्रदेशसभाको बैठक बस्दै

नेपालभ्युज

बागमती प्रदेशसभाको बैठक बस्दै
फाइल तस्वीर ।

बागमती । बागमती प्रदेशसभाको बैठक आज (शुक्रबार) बस्दैछ ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज बिहान ११ बजेका निम्ति आह्वान गरेबमोजिम बैठक बस्न लागेको हो ।

प्रदेश सरकारले ‘प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’, ‘प्रादेशिक व्यापार तथा व्यवसायीसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ प्रदेशसभामा दर्ता भएका छन् ।

यस्तै आजैदेखि सङ्घीय संसदको हिउँदो अधिवेशन पनि सुरु हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved