कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै, संसद् बैठकको क्यालेन्डरका विषयमा छलफल हुने

नेपालभ्युज

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै, संसद् बैठकको क्यालेन्डरका विषयमा छलफल हुने

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्‌को कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । घिमिरेले मङ्गलबार बिहान ११ बजे सिंहदरबारस्थित राज्यव्यवस्था समितिको हलमा बस्नेगरी  कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

संसद्‌मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँगको छलफलपछि आज बस्न लागेको कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद बैठकको आगामी क्यालेन्डर तयार गर्ने तयारी छ ।

संसद्‌को हिउँदे अधिवेशनको पहिलो बैठक यही माघ १८ गते बस्दैछ । उक्त बैठकको तयारीका लागि कार्यव्यवस्था समिति बस्न लागेको हो ।

यसअघि सभामुख घिमिरेले हिउँदे अधिवेशन तयारीका लागि माघ १३ गते सत्तापक्ष र प्रतिपक्ष दलका प्रमुख सचेतकसँग छुट्टाछुट्टै छलफल गरेका थिए । त्यसपछि सोमबार बिहान प्रमुख दलका प्रमुख सचेतकहरूसँग संयुक्तरुपमा छलफल गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved