सभापति कप : मछिन्द्रलाई हराउँदै संकटा फाइनलमा (तस्वीरहरू)

सभापति कप : मछिन्द्रलाई हराउँदै संकटा फाइनलमा (तस्वीरहरू)

काठमाडौं। दशरथ रंगशालामा जारी सभापति कप फुटबल प्रतियोगिता २०८१ अन्तर्गत सोमबार भएको पहिलो सेमिफाइनलमा संकटा क्लब विजयी भएको छ।

प्रतिद्वन्द्वी मछिन्द्र क्लबलाई पेनाल्टी सुटआउटमा ७ को विरुद्ध ८ गोलले हराउँदै संकटाले फाइनलको यात्रा तय गरेको हो।

निर्धारित ९० मिनेटको समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउट बाट गरिएको हो।

प्रतियोगिताको प्लेयर अफ द म्याच संकटाका गोलरक्षक तथा क्याप्टेन दीप कार्की भएका छन्।

मंगलबार आयोजक बागमती लोकतान्त्रिक र एनआरटी बीच दोस्रो सेमिफाइनल खेल हुनेछ।

सर्वाधिक पुरस्कार राशि भएको यस प्रतियोगिताको विजेताले नगद २६ लाख र उप विजेताले नगद १३ लाख पाउनेछन्।

प्रतियोगिताको आयोजना नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिले गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved