काठमाडौं । भारतले इङ्ग्ल्यान्डलाई दोस्रो टी–२० क्रिकेटमा पनि पराजित गरेको छ ।
शनिबार साँझ चेन्नाईमा भएको खेलमा घरेलु टोली भारतले इङ्ग्ल्यान्डलाई २ विकेटले पराजित गरेको हो ।
भारतको जितमा तिलक वर्मा नायक बने । उनले ७२ रनको अविजित इनिङ खेले ।
टस हारेर पहिले ब्याटिङ रोजेको इङ्ग्ल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रन बनाएको थियो ।
इङ्ग्ल्यान्डका लागि कप्तान जोस बटलरले सर्वाधिक रन बनाए । उनले ४५ रनको इनिङ खेले । यस्तै ब्रेडेन कार्सले ३१ रन बनाए ।
भारतका लागि अक्षर पटेल र वरुण चक्रवर्तीले समान २–२ विकेट लिए ।
जवाफी ब्याटिङमा आएको भारतले १९.२ ओभरमा ८ विकेट गुमाएर १६६ रन बनाउँदै लक्ष्य भेट्टायो ।
तिलकले रवि बिश्नोईसँगको भारतलाई खेल जिताए । रवि ९ रन बनाएर अविजित रहे ।
कोलकातामा भएको पहिलो खेल पनि भारतले ७ विकेटले जितेको थियो । अब उसले सिरिजमा इङ्ग्ल्यान्डविरुद्ध २–० को अग्रता लिएको छ ।
अब २ वटा टी–२० खेल खेल्न बाँकी छ । साथै यी २ टोलीबीच ३ वटा एकदिवसीय खेल पनि हुनेछन् ।
Facebook Comment
Comment