माओवादी अध्यक्ष प्रचण्डको नेता–कार्यकर्तालाई निर्देशन : जनतासँगै खट्नू

नेपालभ्युज

माओवादी अध्यक्ष प्रचण्डको नेता–कार्यकर्तालाई निर्देशन : जनतासँगै खट्नू

तुलसीपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी नेता तथा कार्यकर्ताहरूलाई जनतासँगै खट्न निर्देशन दिए)का छन् ।

माओवादी केन्द्र घोराहीको नगर अधिवेशन उद्घाटन तथा जिल्लास्तरीय पार्टी प्रशिक्षणलाई आइतबार घोराहीमा सम्बोधन गर्दै प्रचण्डले विगतमा सत्तामा जाँदा सहिद, बेपत्ता तथा घाइते परिवारसँग सम्बन्ध टुटेको, जनतासँग पनि सम्बन्ध पनि टुटेको उल्लेख गर्दै विगतको गल्ती सच्याउन निर्देशन गरे । ‘विगतमा हामीमा धुलो लागेकै हो,’ उनले भने, ‘अब हामी सच्चिनु पर्छ, सच्चिएर जनताको सेवामा लाग्नुपर्छ ।’

अहिले आफूले देशव्यापी रुपमा सहिद तथा बेपत्ता परिवारसँग भेटघाट गरिरहेको तथा जनताको घरदैलोमा पुग्ने गरेको बताउँदै पूर्वप्रधानमन्त्री प्रचण्डले सबै नेता तथा कार्यकर्ता यसरी नै जनताको घर–घरमा जान निर्देशन गए ।

साथै उनले प्राप्त उपलब्धिहरूलाई रक्षा गर्नु अहिलेको आवश्यकता भएको बताए । उपलब्धिमाथि चौतर्फी प्रहार भइरहेकाले यसको रक्षाका लागि शान्तिपूर्ण आन्दोलन हुन सक्ने बताउँदै त्यसका लागि तयार हुनसमेत निर्देशन दिए । –रासस

एमालेसँग सहकार्य गरेर चुनाव लड्ने सम्भावना छैन : प्रचण्ड


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved