एमालेसँग सहकार्य गरेर चुनाव लड्ने सम्भावना छैन : प्रचण्ड

नेपालभ्युज

एमालेसँग सहकार्य गरेर चुनाव लड्ने सम्भावना छैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग सहकार्य गरेर चुनाव लड्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

प्रेस सेन्टर दाङले शनिबार घोराहीमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले एमालेसँगको एकता र त्यसपछिको सहकार्य धेरै दिन टिक्न नसकेको भन्दै अब एमालेसँग सहकार्य गरेर चुनाव लड्ने कुनै सम्भावना नरहेको बताएका हुन् ।

उनले ०८४ को निर्वाचन माओवादीले आफ्नै शक्तिको बलमा लड्ने निर्णय पार्टीले समेत गरिसकेको बताए ।

माओवादीका धेरै कमिकमजोरीलाई सुधार गर्दै जनताको विश्वास जित्ने गरि अघि बढ्ने प्रचण्डको भनाइ छ । उनले विचौलियाहरुको सेटिङ्ग भत्काउन खोज्दा चलखेल गरेर असंवैधानिक रुपमा सङ्ख्याको बलमा आफूलाई हटाउने खेल भएको दोहोर्‍याए ।

अध्यादेशबाट शासन गर्ने गलत परम्परा देखिएपछि विपक्षीहरु एक भएर सदन बोलाउन दबाब दिएकै कारण सरकारले सदन आह्वान गरेको उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved