गोरखामा आगलागी : तीन घर जलेर नष्ट, आठ गाई र तीन गोरु मरे

नेपालभ्युज

गोरखामा आगलागी : तीन घर जलेर नष्ट, आठ गाई र तीन गोरु मरे

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–६, ताजुमा आगलागी हुँदा तीनवटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

बिहीबार साँझ स्थानीय कुञ्जन छिरिङको दुईतल्ले कच्ची घरसहित तीनवटा घर जलेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए । खाना पकाउने चुल्होमा बलिरहेको आगो घरबाहिर फाल्न प्रयोग भएको पाइपमा सल्किएपछि आगलागी भएको उनले बताए ।

आगलागीबाट छिरिङको दुईवटा कच्ची घर, भूकम्पपछि निर्माण गरिएको अर्को एक घर जलेको हो । घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाडाकुँडा जलेर नष्ट भएको शर्माले जानकारी दिए ।

त्यस्तै एउटा घरको भुई तल्लामा रहेका आठवटा गाई र तीनवटा गोरु आगलागीमा परेर मरेको उनको भनाइ छ । सोही ठाउँमा रहेका पाँचवटा गाईको भने उद्धार गरिएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आगलागीको जानकारी पाएलगत्तै चुन्चेत प्रहरी चौकीबाट खटिएको प्रहरीको टोली र स्थानीयवासी मिलेर आगो निभाएको हो । –रासस

महाभारतको वनमा लागेको आगो निभाउन सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved