प्रदेशसभा भवन अगाडि मधेसका मुख्यमन्त्रीको पुत्ला दहन

नेपालभ्युज

प्रदेशसभा भवन अगाडि मधेसका मुख्यमन्त्रीको पुत्ला दहन

जनकपुरधाम । प्रदेश सभामा प्रस्तुत गरिएको कामकाजको भाषासम्बन्धी विधेयकमा विभेद गरेको भन्दै मधेस प्रदेशसभा भवन अगाडि मुख्यमन्त्री सतिशकुमार सिंहको पुत्ला दहन गरिएको छ ।

मगही भाषालाई उपेक्षित गरेर विधेयकमा स्थान नदिएको भन्दै केही युवाले विरोध जनाएका हुन् । चार लाखभन्दा बढिले बोल्ने भाषालाई विधेयकमा नराखिएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका थिए ।

विधेयकमा थारू भाषालाई समेत नसमेटिएको भन्दै सांसद र मन्त्रीले नै विरोध जनाइसकेका छन् । उर्दु भाषी पनि विरोधमा छन् ।

विधेयकमा नेपालीबाहेक मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अङ्ग्रेजीलाई सरकारकी कामकाजको भाषाका रूपमा प्रस्तुत गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved