हिउँ चितुवाको आखेटोपहारसहित चितवनबाट दुईजना पक्राउ

नेपालभ्युज

हिउँ चितुवाको आखेटोपहारसहित चितवनबाट दुईजना पक्राउ

चितवन । संरक्षित वन्यजन्तु हिउँ चितुवाको आखेटोपहारसहित चितवनबाट दुई जनालाई पक्राउ गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले उनीहरूलाई मङ्गलबार पक्राउ गरेर बुधबार सार्वजनिक गरेको हो ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार निकुञ्जका कर्मचारी र नेपाली सेनाको टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई भरतपुर महानगपालिका – १० बाट पक्राउ गरेको हो ।

अभियुक्तहरूलाई अनुसन्धानका लागि निकुञ्जको हिरासतमा राखिएको छ । उनीहरूलाई वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ ९१० बमोजिम कारबाही हुने सूचना अधिकारी थापामगरले बताए । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved