महाराष्ट्र रेल दुर्घटनामा कम्तीमा तीन नेपालीसहित १३ जनाको मृत्यु

नेपालभ्युज

महाराष्ट्र रेल दुर्घटनामा कम्तीमा तीन नेपालीसहित १३ जनाको मृत्यु

काठमाडौं । भारतको महाराष्ट्रस्थित जलगाउँ जिल्लामा भएको रेल दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ ।

यसअघि १२ जनाको मृत्यु भएकोमा बिहीबार एकजना मृतकको सङ्ख्या थपिएको आजतकको समाचारमा उल्लेख छ ।

दुर्घटनामा परी चार नेपालीको मृत्यु भएको महाराष्ट्रका सञ्चारमाध्यमले जनाएका छन् । तर, हालसम्म तीनजना नेपालीको मात्र मृत्यु भएको आधिकारिक पुष्टि गरिएको छ ।

ज्यान गुमाउने नेपालीमा १० वर्षीय नन्दराम विश्वकर्मा, २० वर्षीय लच्छीराम पासी र ४३ वर्षीया कमला भण्डारी रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यस्तै दुर्घटनामा परी कम्तीमा ३९ जना घाइते भएको बताइएको छ ।

लखनऊबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेसको रेल महाराष्ट्रको जलगाउँस्थित रेलवे ट्र्याकमा उभिएको थियो । एक यात्रुले आगो लागेको हुनसक्ने डरले चेन तानेका थिए । यसपछि रेल रोकियो । यसपछि ट्र्याकको अर्को छेउमा यात्रुहरू हाम फालेका थिए ।

त्यही क्रममा कर्नाटक एक्सप्रेस नाम अर्को रेल पुष्पकमा ठोक्कियो । यसले गर्दा दुर्घटना भएर मानवीय क्षति भएको हो ।

कर्नाटक एक्सप्रेस भने मनमाडबाट भुसावल जाँदै गरेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved