लेखा समिति सभापति पोखरेलका पूर्व स्वकीय सचिव अनिलविरुद्ध मुद्दा दर्ता

नेपालभ्युज

लेखा समिति सभापति पोखरेलका पूर्व स्वकीय सचिव अनिलविरुद्ध मुद्दा दर्ता

काठमाडौं ।  सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेलविरुद्ध जिल्ला अदालत मोरङमा ठगी मुद्दा दर्ता भएको छ ।

बुधबार सरकारी वकिलको कार्यालयले पोखरेलविरुद्ध ठगी भएको ३८ लाख ८० हजार रकम फिर्ता, सोही बराबरको बिगो र ठगी मुद्दामा अधिकतम कैदको दाबीसहित मुद्दा दर्ता भएको मोरङ अदालतले जानकारी दिएको छ ।

उनीविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा (३) को देहाय (ग) बमोजिम ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवनाको माग दाबी छ ।

गत २५ पुसमा पक्राउ परेका पोखरेलविरुद्धको अनुसन्धान १२ दिनमै सकेर मंगलबार अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइएको थियो ।

एमाले मोरङ जिल्ला सदस्यसमेत रहेका पोखरेलको बयान बिहीबार हुनेछ । बयानपछि थुनछेक बहस हुनेछ ।

पोखरेलले पार्टीको कोटामा एमबीबीएसमा नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौआलाल चौधरीसँग २०७१ देखि २०७३ सालसम्म ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ ।

पोखरेलकी श्रीमती अन्जला २४ पुसमा  थुनछेक बहसपछि १० लाख धरौटीमा छुटेकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved