काठमाडौं । बलिउड अभिनेता शेफअली खान अस्पतालबाट डिस्चार्ज भएका छन् ।
समाचार एजेन्सी पीटीआईकाअनुसार खानलाई चक्कु आक्रमणको पाँच दिनपछि मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज गरिएको हो ।
समाचार एजेन्सी एएनआईकाअनुसार अभिनेत्री करीना कपुर आफ्ना पतिलाई लिन अस्पताल पुगेकी थिइन् ।
गत बिहीबार बिहानीपख बान्द्रास्थित शेफको घरमा प्रवेश गरेर एक आक्रमणकारीले चक्कु प्रहार गरेका थिए, त्यसक्रममा उनी गम्भीर घाइते भएका थिए ।
यस हमलामा खानको मेरुदण्ड र घाँटीमा गहिरो घाउसहित ६ स्थानमा चोट लागेको थियो । डाक्टरहरुले खानको मेरुदण्डबाट साढे दुई इन्च लामो चक्कु निकालिएको बताएका छन् ।
पछि मुम्बई प्रहरीले ठाणेबाट एक व्यक्तिलाई पक्राउ गरेको थियो ।
शेफअलीमाथि आक्रमण गर्ने को हुन्, कसरी गरेका थिए हमला ?
५ हजार करोडका मालिक शेफअली : पटौदीका ‘छोटे नवाब’देखि बलिउड अभिनेतासम्म
Facebook Comment
Comment