श्रीलंकामा बाढीको उच्च चेतावनी जारी

नेपालभ्युज

श्रीलंकामा बाढीको उच्च चेतावनी जारी

एजेन्सी । श्रीलंकाका अधिकारीहरूले आइतवार विभिन्न जिल्ला र प्रान्तहरूमा पहिरो र बाढी आउन सक्ने चेतावनी जारी गरेका छन् ।

राष्ट्रिय निर्माण तथा अनुसन्धान सङ्गठन (एनबीआरओ) ले बाडुल्ला, क्यान्डी, कुरुनेगाला र मटाले जिल्लाका लागि सोमबार बिहानसम्म पहिरोको चेतावनी जारी गरेको छ ।

सिँचाइ विभागले पूर्वी र उत्तर मध्य प्रदेशका तल्लो क्षेत्र विशेषगरी महावेली नदी बेसिनका लागि बाढीको चेतावनी जारी गरेको छ । नदीका खोला क्षेत्रमा भारी वर्षा जारी रहेकाले यो चेतावनी मंगलबार बिहानसम्म कायम रहने छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल उत्तरपूर्वी क्षेत्रमा मनसुन सक्रिय रहेकाले आगामी दिनमा पनि वर्षा हुने सम्भावना रहेको छ । सिन्ह्रा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved