कम्प्युटर र मोबाइल प्रयोगको धेरै प्रयोगले आँखा कमजोर हुन्छ र यसले नसाहरूमा पनि असर पार्छ । साथै दृष्टि शक्तिमा पनि असर पर्छ, जसले गर्दा चस्मा लगाउनु पर्ने हुन्छ । आजकल चस्मा लगाउनु साधारण विषय भएको छ । केही घरेलु उपायको मद्दतले तपाईंले आफ्ना आँखाको दृष्टि शक्ति केही समयमा सुधार गर्न सक्नुहुन्छ । यी उपायहरूले तपाईंको आँखा पहिलेभन्दा राम्रो हुनेछ ।
त्रिफलाको सेवन
सबैभन्दा पहिले त्रिफला लिनुहोस् । त्रिफलालाई पिसेर चूर्ण बनाउनुहोस् । राति सुत्नुअघि एक चम्चा त्रिफला लिएर मह वा घिउसँग मिसाउनुहोस् । यो मिश्रण राति सुत्नुअघि खानुहोस् । त्रिफलामा धेरै पोषक तत्त्व हुन्छन्, जसले आँखालाई फाइदा पु¥याउँछ ।
आँखा धुने
आँखा वरिपरिको फोहोर सफा गर्न आँखा पानीले धुनु जरुरी हुन्छ । बिहान र बेलुका चिसो पानीले आँखा धुनुहोस् । ल्यापटप वा फोनमा धेरै काम गर्नुहुन्छ भने दिनमा ब्रेक लिएर आँखा धुन सक्नुहुन्छ ।
हरियो सागसब्जी खाने
हरियो सागसब्जीमा धेरै पोषक तत्त्व हुन्छन् । भिटामिन र एन्टिअक्सिडेन्टहरूले आँखाको दृष्टि बढाउन मद्दत गर्छन् । जाडोमा पालुङ्गो, मेथी, तोरीको साग खान सक्नुहुन्छ ।
आँखाको व्यायाम
शरीरलाई स्वस्थ राख्न जसरी व्यायाम गर्नु जरुरी छ, त्यसैगरी आँखालाई स्वस्थ राख्न पनि व्यायाम गर्नुपर्छ । आँखाको व्यायामको बारेमा डाक्टरसँग सल्लाह लिनुहोस् ।
निद्रा पूरा गर्ने
आँखालाई स्वस्थ राख्न निद्रा पूरा गर्न जरुरी छ । लगातार काम गर्दा आँखा थाक्छ र कमजोर हुन्छ । त्यसैले दैनिक ८ घण्टाको पूरा निद्रा लिनुहोस् ।
आइसप्याक लगाउने
आँखामा चोट लागेको छ वा पोल्छ भने दिनमा एकपटक १५–२० मिनेट आइसप्याकले आँखामा सेक्नुहोस् । यसले आँखालाई आराम दिन्छ र पोल्न कम गर्छ ।
डाक्टरको सल्लाह लिने
चस्मा लगाउनुका साथै यी सबै उपाय अपनाउँदै हुनुहुन्छ भने हरेक तीन महिनामा आँखाको जाँच गराउनुहोस् । यसले उपायहरूको प्रभावकारिता थाहा हुन्छ ।
नियमित चस्मा लगाउने
धेरै मानिस लाज मानेर चस्मा लगाउँदैनन् । तपाईंले त्यसो गर्नु हुँदैन । चस्मा लगाउनुका साथै घरेलु उपायहरू अपनाउनुहोस् र स्क्रिनमा काम गर्दा सधैँ चस्मा लगाउनुहोस् ।
थप जानकारीका लागि विशेषज्ञ वा चिकित्सकसँग परामर्श गर्नुहोस् ।
Facebook Comment
Comment