पर्वत कारागारमा चार वर्षीया बालिका आमासँगै बन्दी जीवन बिताउन बाध्य

नेपालभ्युज

पर्वत कारागारमा चार वर्षीया बालिका आमासँगै बन्दी जीवन बिताउन बाध्य

पर्वत । जिल्ला कारागार पर्वतमा एक चार वर्षीया बालिका विगत पाँच महिनादेखि बन्दी जीवन बिताउन बाध्य छिन् । झोलामा कापी–कलम बोकेर विद्यालय जाने उमेरमा एनी मोक्तान यतिबेला कारागारको चिसो छिडीमा आमासँगै थुनामा रहेकी छिन् ।

मकवानपुरको कैलाश गाउँपालिका–४ घर भई हाल कुश्मा नगरपालिका–७ खरेहा बस्दै आएकी एनी आमा रोशनी नेपालीसहित गत असोज ७ गतेदेखि कारागारमा रहेकी छिन् । आमा रोशनी लागुऔषध बेचबिखन मुद्दाको सुनुवाइको क्रममा पुर्पक्षका लागि थुनामा रहेका कारण एनी पनि कारागामा बस्दै आएकी हुन् ।

एनीको हेरचाह गर्ने कोही नभएका कारण आफूले सँगै राख्दै आएको आमा २७ वर्षीया रोशनीले बताइन् । रोशनीसँगै रेखा नेपाली र सिरिसा परियार पनि अवैध लागुऔषध बेचबिखन तथा ओसारपसार मुद्दामा गिरफ्तार भई गत असोज ७ गते पुर्पक्षका लागि जेल चलान भएका थिए ।

एनीको घरमा हेरचाह र संरक्षण गर्ने व्यक्ति कोही नभएका कारण आमा रोशनीले आफूसँगै राख्दै आएको जिल्ला कारागारका सूचना अधिकारी महेन्द्र रेग्मीले बताए ।
उक्त मुद्दाको हालसम्म फैसला हुन नसकेको उनले बताए । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved