चाडपर्वले नेपालीहरूबीच सुमधुर सम्बन्ध कायम गर्न भूमिका खेलेको छ : देउवा

नेपालभ्युज

चाडपर्वले नेपालीहरूबीच सुमधुर सम्बन्ध कायम गर्न भूमिका खेलेको छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वले नेपालीहरूका बीचमा सुमधुर सम्बन्ध कायम गर्न सघाउनाका साथै अनेकतामा एकता कायम गरी राष्ट्रिय भावनाको जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन् ।

माघे सङ्क्रान्ति तथा माघीका अवसरमा मङ्गलबार शुभकामना व्यक्त गर्दै उनले यस पर्वलाई नेपालका विभिन्न जातजातिले विशेष पर्वका रुपमा मनाउँदै आएको बताएका छन् ।

भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा मनाइने यस्ता पर्वले सामाजिक सद्भाव बढाउँदै सबै जातजाति, धर्म, वर्ग र पेसा अवलम्बन गर्ने सभापति देउवाको भनाइ छ ।

उनले यस दिनलाई विशेष पर्वका रूपमा मनाउने थारू समुदायलगायत अन्य समुदायका सम्पूर्णमा पार्टी र आफ्नोतर्फबाट सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved