जापानमा ६.८ म्याग्निच्युडको भूकम्प, सुनामीको पनि चेतावनी

नेपालभ्युज

जापानमा ६.८ म्याग्निच्युडको भूकम्प, सुनामीको पनि चेतावनी

टोकियो । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार सोमबार राति जापानको दक्षिण–पश्चिमी क्षेत्रमा ६.८ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण अधिकारीहरूले सुनामीको चेतावनी जारी गरेका छन् ।

जापान मौसम विज्ञान एजेन्सी (जेएमए)ले क्युशु क्षेत्रको मियाजाकी प्रिफेक्चरनजिकै भूकम्प गएपछि राति २१ः१९ बजे (१२ः१९ जएिमटी) एक मिटर (तीन फिट) सम्मको सुनामी छाल आउनसक्ने बताएको छ ।

यूएसजीएसले आफ्नो अनुमान ६‍.९ म्याग्निच्युडबाट घटाएर ६‍‍.८ गर्दै यो भूकम्पबाट कुनै सुनामीको खतरा नभएको बताएको छ ।

तैपनि जेएमएले जनतालाई तटीय पानीबाट टाढा रहन आग्रह गरेको छ । एजेन्सीले सामाजिक सञ्जाल एक्समा भनेको छ, ‘सुनामी बारम्बार आउन सक्छ । कृपया समुद्रमा नजानुहोस् वा तटीय क्षेत्रहरू नजिक नजानुहोस् ।’

चीनमा फेरि भूकम्प गयो, नेपालमा पनि धक्का महसुस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved