चीनमा फेरि भूकम्प गयो, नेपालमा पनि धक्का महसुस

नेपालभ्युज

चीनमा फेरि भूकम्प गयो, नेपालमा पनि धक्का महसुस

काठमाडौं । चीनमा फेरि भूकम्प गएको छ ।

सिजाङ स्वायत्त क्षेत्रको सिगाजको डिङ्ग्री काउन्टीमा सोमबार राति चिनियाँ समयअनुसार ८:५८ बजे ५ म्याग्नीच्युडको भूकम्प गएको त्यहाँको भूकम्प नेटवर्क केन्द्र (सीईएनसी)ले जनाएको छ ।

केन्द्रबिन्दु २८.४५ डिग्री उत्तर अक्षांश र ८७.५२ डिग्री पूर्वी देशान्तरमा रहेको थियो । भूकम्प १० किलोमिटर गहिराइमा केन्द्रबिन्दु भएर गएको सीईएनसीले जनाएको छ ।

क्षेत्रीय भूकम्प मापन ब्यूरोकाअनुसार जनवरी ७ मा काउन्टीमा गएको ७ म्याग्निच्युडको भूकम्पपछिको यो सबैभन्दा शक्तिशाली परकम्प हो ।

अहिलेसम्म कुनै हताहतीको विवरण नआएको र थप अनुसन्धान भइरहेको डिङ्ग्रीका काउन्टी प्रमुख टासी डोन्ड्रपले जानकारी दिए ।

भूकम्पकाे धक्का नेपालको पूर्वी र मध्य भागमा पनि महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved