रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाइयो

नेपालभ्युज

रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाइएको छ ।

काठमाडौं जिल्ला अदालतका ६ नम्बर वरीयताका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेविरुद्धको मुद्दामा बहस नसकिएपछि प्रहरीको जिम्मा लगाउन आदेश दिएको हो ।

कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दायर भएपछि लामिछाने आज (आइतबार) आफैँ अदालतमा हाजिर भएका थिए ।

सहकारी ठगीको अनुसन्धानका लागि गत कात्तिक २ गते पक्राउ परेका लामिछाने बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

उक्त मुद्दामा लामिछानेसँगै ६ जना प्रतिवादी धरौटी रकम बुझाएर रिहा भएका हुन् । लामिछाने, छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ र आरती गुरुङले धरौटी रकम बुझाएर रिहा भएका थिए ।

अपडेट – 

रवि लामिछाने फेरि प्रहरी नियन्त्रणमा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved