रवि लामिछाने फेरि प्रहरीको जिम्मामा (तस्वीरहरू)

रवि लामिछाने फेरि प्रहरीको जिम्मामा (तस्वीरहरू)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले जिम्मा लिएको छ ।

आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस हुन नसकेपछि प्रहरीको जिम्मा लगाउन आदेश दिएको थियो ।

सोहीअनुसार प्रहरीले लामिछानेलाई नियन्त्रणमा लिएको हो । उनलाई काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिने बताइएको छ ।

कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दायर भएपछि लामिछाने आज (आइतबार) आफैँ अदालतमा हाजिर भएका थिए ।

बहसलाई सोमबार निरन्तरता दिइने अदालतले जनाएको छ । सहकारी ठगीको अनुसन्धानका लागि गत कात्तिक २ गते पक्राउ परेका लामिछाने बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

रविलाई प्रहरीले गाडीमा राखेर लैजादैँ गर्दा हेर्नुहोस् तस्वीर :

रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाइयो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved