धरौटी बुझाएर रिहा भइन् लिला पछाईं

नेपालभ्युज

धरौटी बुझाएर रिहा भइन् लिला पछाईं

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा प्रतिवादी लिला पछाईं पनि धरौटी बुझाएर रिहा भएकी छन् ।

बिहीबार जिल्ला न्यायाधीश नीतिज राईको इजलासले ३७ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

शुक्रबार मात्र धरौटी रकम बुझाएर छुटेको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

सोही मुद्दामा रवि लामिछाने, छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ, मीना गुरूङ र आरती गुरूङले बिहीबार नै धरौटी रकम बुझाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved