मङ्गलबार तिब्बत केन्द्रविन्दु भएर भूकम्प गएयता ६०० भन्दा बढी परकम्प

नेपालभ्युज

मङ्गलबार तिब्बत केन्द्रविन्दु भएर भूकम्प गएयता ६०० भन्दा बढी परकम्प

काठमाडौं । मङ्गलबार बिहान चीनको तिब्बत केन्द्रविन्दु भएर भूकम्प गएयता ६०० भन्दा बढी परकम्प गएको पाइएको छ ।

चीन र नेपाल केन्द्रविन्दु भएर आज (बुधबार) बिहान ९ बजेसम्ममा ६१६ वटा परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

ठूलो भूकम्प गएपछि यो क्रम चलिरहने केन्द्रले नेपालभ्युजसँग बतायो ।

मङ्गलबार बिहान ६ः५० बजे तिब्बतको दिङ्गे काउन्टी केन्द्रविन्दु भएर गएको ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट चीनमा कम्तीमा १२६ जनाको मृत्यु भएको छ । यस्तै १८८ जना घाइते भएका छन् ।

उक्त भूकम्पले नेपालमा पनि सामान्य क्षति पुर्‍याएको छ ।

चीनमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या १ सय २६ पुग्यो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved