बूढानीलकण्ठमा देउवा र लिङ्देनबीच भेट

नेपालभ्युज

बूढानीलकण्ठमा देउवा र लिङ्देनबीच भेट

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।

सभापति देउवालाई भेट्न लिङ्देन उनकै निवास बूढानीलकण्ठ गएका हुन् ।

मङ्गलबार दिउँसो दुई नेताबीच भेटवार्ता भएको राप्रपाका प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved