पूर्वमेयर शिवाकोटी बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा

नेपालभ्युज

पूर्वमेयर शिवाकोटी बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा

काठमाडौं । बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुव कुमार शिवाकोटीलाई नाबालिका करणी आरोपमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ ।

एमाले नेता समेत रहेका शिवाकोटीलाई  झापा जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीको एकल इजलासले  सोमबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

१६ वर्षीया घरेलु कामदारलाई जबरजस्ती करणी गरेको आरोपमा उनी २४ मंसिरमा काँकडभिट्टाबाट पक्राउ परेका थिए ।

किशोरीलाई शिवाकोटीले विगत तीन वर्षदेखि निरन्तर बलात्कार गर्दै आएको पीडित परिवारले दिएको जाहेरीमा उल्लेख छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved