हिमपातले सेताम्मे एनफिल्ड रंगशाला, हिउँ पन्छाएर खेल (तस्वीरहरू)

नेपालभ्युज

हिमपातले सेताम्मे एनफिल्ड रंगशाला, हिउँ पन्छाएर खेल (तस्वीरहरू)

काठमाडौं । आइतबार साँझ बेलायतमा भारी हिमपात भयो । लिभरपुलको जोन लेनन विमानस्थल र म्यानचेस्टर विमानस्थलले धावनमार्गहरू बन्द नै गर्नुपरेको थियो । यसको असर खेलकुद क्षेत्रमा पनि देखिएको थियो ।

धेरै खेलकुद कार्यक्रम पहिले नै स्थगित भए । तर इंग्लिस प्रिमियर लिग फूटबलको लिभरपुल र म्यानचेस्टर युनाइटेडबीचको हेभिवेट खेललाई भने हिमापातले रोक्न सकेन । हिमपातका बीच लिभरपुलको रंगशाला एनफिल्डमा खेल भयो । सो खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।

शीर्षस्थानको लिभरपुललाई लयमा नरहेको युनाइटेडले बराबरीमा रोक्यो

रंगशालाभर सेताम्मे हिमपात हुनका बाबजुद हिउँ पन्छाएर खेल सञ्चालन गरिएको थियो । दर्शक पनि खेल हेर्न रंगशालामा उपस्थित भएका थिए ।

अब हेरौं तस्वीरमा :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved