स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : रविसहित ३९ जनाविरुद्ध काठमाडौंमा मुद्दा दर्ता

नेपालभ्युज

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : रविसहित ३९ जनाविरुद्ध काठमाडौंमा मुद्दा दर्ता

काठमाडौं । कालिमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अनियमितता आरोपमा रास्वपा सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको श्रेस्तेदार रामु शर्माले जानकारी दिए ।

सहकारी ठगी आरोपमा हाल जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पनि थुनछेक बहस चलिरहेको छ ।

मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालयले गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक समिति सदस्य लामिछानेसहित छविलाल जोशी, स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष जीबी राई, उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सहसचिव कविता तामाङ, सदस्य हमेन्त अधिकारी, रविना रिमाल, पूर्वअध्यक्ष दिपक लामालगायतलाई प्रतिवादी बनाइएको छ ।

सहकारीको एक अर्ब १९ करोड ९५ लाख रुपैयाँ अनियमितता गरेको आरोप छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved