काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मानव सेवाभन्दा ठूलो अर्को धर्म नभएको बताएका छन् ।
मानवसेवा आश्रमको वृत्तचित्र प्रस्तुति कार्यक्रममा राष्ट्रपति पौडेलले मावन सेवा जस्तो सत्कार्यले मानव जीवनलाई सार्थक बनाउने भएकाले यसलाई हाम्रो जीवन पद्धतिका रुपमा अपनाउनुपर्नेमा जोड दिए ।
मानवता र नैतिकतामा सङ्कुचन देखिँदै गरेको अहिलेको हाम्रो समाजलाई सही बाटोमा हिँडाउन मानव सेवाले प्रेरित गर्ने उनको भनाइ थियो ।
राष्ट्रपति पौडेलले मानव सेवा आश्रमले आफ्नो स्थापनाकालदेखि नै ‘जसका कोही हुँदैनन् र जसको कोही हुँदैन उनैको सेवामा समर्पित हुने’ मानवता प्रवर्द्धन महाअभियानमार्फत सहयोगापेक्षी सडकआश्रित मानवहरूको मानवोचित व्यवस्थापनसहित औषधोपचार, पालनपोषण र जीवन रक्षाका लागि देखाएको सक्रियता सबैका लागि प्रेरणादायी भएको बताए ।
Facebook Comment
Comment