गोरखामा आगलागी : तीन घर जलेर नष्ट

नेपालभ्युज

गोरखामा आगलागी : तीन घर जलेर नष्ट

काठमाडाैं । गोरखामा आगलागीबाट तीन घर जलेर नष्ट भएका छन् ।

आरुघाट गाउँपालिका–१ मान्वुस्थित स्याम्चेतमा आज (शनिबार) राति स्थानीय पूर्णबहादुर लामाको घरमा खाना पकाउन बालेको आगो मकैको खोस्टामा सल्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।

आगलागीबाट पूर्णबहादुरसहित उनका छोरा बुद्धिमान लामा र आइतसिंह लामाको घर जलेर पूर्ण रूपमा नष्ट भएको उनले बताए । आगोले तीनवटै घरभित्र रहेका सबै लत्ताकपडा, अन्नपात र भाँडाकुँडा जलेर नष्ट भएको छ ।

घटनाको जानकारी प्राप्त भएलगत्तै मान्वु प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलतर्फ पठाइएको र आगो पूर्णरूपमा नियन्त्रणमा आइसकेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए । क्षतिको पूर्ण विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved