सूर्यदर्शन सहकारी ठगी प्रकरण : आजदेखि रविसहितका प्रतिवादीतर्फको बहस

नेपालभ्युज

सूर्यदर्शन सहकारी ठगी प्रकरण : आजदेखि रविसहितका प्रतिवादीतर्फको बहस
रवि लामिछाने (फाइल तस्वीर) ।

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज (शुक्रबार)देखि प्रतिवादीहरूतर्फको बहस सुरु हुँदैछ ।

जिल्ला अदालत कास्कीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका प्रतिवादीतर्फको बहस हुन लागेको हो ।

अब आजदेखि प्रतिवादीका तर्फबाट कानून व्यवसायीहरूले बहस गर्नेछन् ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बिहीबार जाहेरवालाका तर्फबाट बहस सकिएको थियो ।

जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा बहस भइरहेको हो ।

पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेलगायत प्रतिवादी रहेको मुद्दामा बिहीबार जाहेरवालाका तर्फबाट ६ जना कानून व्यवसायीले बहस गरेका थिए ।

प्रतिवादीका तर्फबाट बहस सकिएपछि पुनः सरकारी वकिलले जवाफी बहस गर्नेछन् ।

सरकारी वकिलको तर्फबाट बुधबार बहस सकिएको थियो ।

बहसका क्रममा लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङ इजलासमै उपस्थित थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved