भीम रावलले भेटे काङ्ग्रेस बीपीका उपसभापति र सुदूरपश्चिमका स्वतन्त्र सांसद

नेपालभ्युज

भीम रावलले भेटे काङ्ग्रेस बीपीका उपसभापति र सुदूरपश्चिमका स्वतन्त्र सांसद

काठमाडौं । नयाँ पार्टी घोषणा गर्ने तयारीमा रहेका नेता भीम रावलले आन्तरिक गृहकार्य तीव्र बनाएका छन् ।

उनले कार्की बैन्क्वटमा बुधबार दिउँसो १ बजेका लागि पत्रकार सम्मेलन गरेर पार्टी घोषणा गर्ने तयारी गरिरहेका छन् ।

सोही तयारीअनुसार रावलले काठमाडौंस्थित निवासमै सोमबार सुदूरपश्चिमका नेताहरूसँग भेटघाट गरेका छन् ।

नेपाली काङ्ग्रेस बीपीका उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेट गरेका हुन् ।

रावलसँग भेटेका मल्ल नेपाली काङ्ग्रेस डडेल्धुराका पूर्वजिल्ला सभापति हुन् भने जोशी नेकपा एकीकृत समाजवादीका पूर्वकेन्द्रीय सदस्य हुन् ।

स्थानीय तह निर्वाचन २०७९ मा डडेल्धुराका स्थानीय तहमा काङ्ग्रेसका विरूद्ध स्वतन्त्र ढङ्गले उम्मेदवारी दर्ता गराउन लगाएको आरोपमा काङ्ग्रेसले मल्ललाई पार्टीबाटै निकालेको थियो ।

यता, जोशी गएको निर्वाचनमा पार्टीबाट टिकट नपाएपछि सुदूरपश्चिम प्रदेश सभामा स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका थिए ।

भीम रावलले नयाँ पार्टी घोषणा गर्दै, एमाले र कांग्रेसका असन्तुष्ट नेता सामेल हुने !


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved