राष्ट्रपति पौडेलद्वारा कार्टरको निधनमा शोक व्यक्त

नेपालभ्युज

राष्ट्रपति पौडेलद्वारा कार्टरको निधनमा शोक व्यक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधनमा शोक व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले कार्टरप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजन र अमेरिकी जनताप्रति समवेदना प्रकट गरेका छन् ।

राष्ट्रपति पौडेलले कार्टरले शान्ति, मानव अधिकार र परोपकारका क्षेत्रमा गरेको काम विश्वकै लागि प्रेरणादायी भएको उल्लेख गरेका छन् ।

कार्टरको १०० वर्षको उमेरमा आइतबार निधन भएको थियो । उनले हालै अक्टोबरमा आफ्नो १००औं जन्मदिन मनाएका थिए ।

जिम्मी कार्टर : बदाम किसानदेखि अमेरिकी राष्ट्रपतिसम्मको यात्रा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved