काठमाडौंको एक कार्यालयमा तीन लाख घुस लिइसकेको अवस्थामा शाखा अधिकृत पक्राउ

नेपालभ्युज

काठमाडौंको एक कार्यालयमा तीन लाख घुस लिइसकेको अवस्थामा शाखा अधिकृत पक्राउ

काठमाडौं । राजधानी काठमाडौंकै एक कार्यालयमा घुस लिइसकेको अवस्थामा शाखा अधिकृत पक्राउ परेका छन् ।

ताहाचलस्थित राष्ट्रिय किताब खाना (शिक्षक)मा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाईं तीन लाख रुपैयाँ घुससहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

पेन्सनपट्टा बनाइदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना एवं उजुरी निवेदनका आधारमा आयोगबाट खटिइ गएको टोलीले प्रसाईंलाई सेवाग्राहीबाट तीन लाख घुस लिइसकेको अवस्थामा उक्त रकमसहित उनको कार्यकक्षबाट आइतबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved