दुर्गा प्रसाईंलाई रिहा गर्ने आदेशविरुद्ध पुनरावलोकनमा सरकार

नेपालभ्युज

दुर्गा प्रसाईंलाई रिहा गर्ने आदेशविरुद्ध पुनरावलोकनमा सरकार

काठमाडौँ । आपराधिक लाभसम्बन्धी मुद्दामा अनुसन्धानमा रहेका दुर्गा प्रसाईंलाई थुना बाहिर राखेर अनुसन्धान गर्न सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध सरकारले पुनरावलोकनमा जाने भएको छ ।

महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सूर्यराज दाहालका अनुसार सर्वोच्चबाट पत्र प्राप्त भएपछि पुनरावलोकन निवेदन दर्ता गरिनेछ ।

पुस ५ गते न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीले बन्दी प्रत्यक्षीकरणको रिटमा प्रसाईंलाई रिहा गर्न आदेश दिएका थिए ।

भारतीय गुन्डासँग कनेक्सनको आरोप

दुर्गा प्रसाईंमाथि आपराधिक लाभसम्बन्धी अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसपी होविन्द्र बोगटीले जानकारी दिएका छन् ।

प्रसाईंलाई भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा धम्की दिने हरिश्चन्द्र फुयाँलसँग सम्बन्ध रहेको आरोप लागेको छ ।

फुयाँलले प्रसाईं नेतृत्वको “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान” लाई सहयोग नगर्ने व्यवसायीलाई धम्क्याउने गरेको बताइएको छ ।

सरकारले पुनरावलोकन प्रक्रियाबाट यस मुद्दालाई थप गहन अनुसन्धान गर्ने संकेत गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved